Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बंगलादेशमा शरणार्थी शिविरमा छिरेर शरणार्थी नेता उल्लाहको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १४ २०७८
  • 9.5K
    SHARES

एजेन्सी । बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ ।

म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको शिविरमा प्रवेश गरेका चार/पाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए ।

विरस्थित आफनो कार्यालय परिसरमा अरू शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंग्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा शरण लिएका थिए । बंगलादेशमा अहिले रोहिंग्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन् ।

उल्लाहले रोहिंग्या शरणार्थीको हकहितमा काम गर्न आराकान रोहिंग्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स भन्ने संस्था खोलेको समाचारमा उल्लेख छ ।

उल्लाहको हत्याको पछाडी कस्को हात थियो भन्ने बारे कुनै खुलासा भएको छैन । उनको मृत्युमा शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४