Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गैरकानूनी रुपमा वैदेशिक रोजगारमा रहेका नागरिकको उद्धारमा आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १० २०७८
  • 10.3K
    SHARES

काठमाडौं,  । गैरकानूनी ढंगले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको आपतकालीन उद्धारका लागि तत्काल आवश्यक संरचना निर्माण गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् ।

्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तवले गैरकानुनी ढंगले विदेश गई ज्यान गुमाएका नागरिकको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा केन्द्रित हुन उहाँहरुले सरकारलाई सचेत गराउनुभयो । संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद पौडेलले गैर कानुनी ढंगले गएका तर विभिन्न देशमा वेपत्ता नागरिकको खोजी गरी पीडितलाई न्याय दिने ढंगमा आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले बैदेशिक रोजगारीको क्रममा मृत नागरिकका पीडित परिवारलाई रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्थालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखिकरण कार्यक्रम समेत संचालन गरिरहेको समितिलाई जानकारी गराउनुभयो । उहाँले भिजिट भिषामा गएका नेपालीको भने आफ्नो मन्त्रालयसँग आवद्ध हुने व्यवस्था नभएकाले उनीहरुबारे जानकारी राख्न समस्या भएको बताउनुभयो ।

सचिव गौतमले श्रम स्वीकृति नलिई कुनै पनि नेपाली नागरिकलाई वैदेशिक रोजगारी पठाउने नगरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४