Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहन्छु : प्रकाशमान सिंह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताए ।

फेरि पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजा परिषदको जस्तै हुने भन्दै उनले भने, ‘उहाँहरुले डेमोक्रेसी ल्याउन त्याग, तपस्या, कुर्वानी गर्नुभएको छ । त्यसप्रति सम्मान छ । तर अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन ।’

आफूले लामो समय पार्टीको दोस्रो तहमा रहेर काम गरेको भन्दै उनले अब सभापति भएर काम गर्न चाहेको बताए ।

पार्टीमा आमूल परिवर्तन ल्याउन फस्टम्यान हुनुपर्ने भन्दै पूर्वमहामन्त्री सिंहले भने, ‘अब चाहिँ फर्स्ट म्यान भएर पार्टीलाई संस्थागत गर्छु भनेर लागेको छु ।’ नेता सिंहले १४ औं महाधिवेशन फेरि सार्न खोजेको भन्दै आक्रोस समेत पोखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४