Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतको बदला : चिनियाँ राजदूतलाई संसद प्रवेशमा प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३० २०७८
  • 2.8K
    SHARES

एजेन्सी । बेलायतले संसदमा चिनियाँ राजदूतको प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।

गएको मार्चमा चीनले आफ्नो देशविरुद्ध अफवाह फैलाएको भन्दै बेलायतको तल्लो सदनका पाँच र माथिल्लो सदनका दुई सांसदलाई यात्रा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धसँगै उनीहरूको सम्पत्ति रोक्का गरेको थियो । यसैको बदलामा बेलायतका लागि चिनियाँ राजदूत झङ जगवाङ लाई बेलायतको संसद प्रवेश निषेध गरिएको बीबीसीले जनाएको छ ।

चीनसम्बन्धी सर्वदलीय समूहले बुधबार आयोजना गरेको जमघटमा चिनियाँ राजदूत झङ जगवाङ सहभागी हुने कार्यक्रम तय गरिएको थियो ।

तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख लिन्ड्जी होयल र माथिल्लो सदन ‘हाउस अफ लर्ड्स’का सभामुख लर्ड मक्फलले विदेश मन्त्री झङको व्यापक विरोध भएका कारण उहाँको प्रवेशमा रोक लगाइएको जानकारी दिनुभयो ।

यता चिनियाँ दूतावास भने बेलायतको यो कदमलाई घृणित र कायर निर्णय भएको प्रतिक्रिया दिएको छ । यसले दुई देशबीच तनाव थप बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४