Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालसहितका १४ नेतालाई निष्काशन गरे मात्र सभामुखसँग संवाद–नेकपा एमाले


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २८ २०७८
  • 2K
    SHARES

काठमाडौं, भदौं २८ । आफ्नो पार्टीले निष्काशन गरेका माधव नेपालसहितका १४ सांसदलाई कार्वाही गरे मात्र संवाद हुने शर्त प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई सुनाएको छ ।

सभामुख सापकोटाले सोमबारका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन शर्त राख्दै एमालेले आफूले कार्वाही गरेकाहरुलाई राखेर गरिने बैठकमा सहभागि हुन नसक्ने पार्टी अध्यक्ष केपी ओलीसँगको छलफलपछि प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई जानकारी गराउनुभएको हो ।

एमालेले १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस्न सभामुखसँग आग्रह गर्दै त्यसो नगर्दासम्म सापकोटाले बोलाएको बैठकमा आउन नसक्ने प्रष्ट गरेको हो ।

सभामुख सापकोटाले भने आफूले कानुनसम्मत काम गरेको र कुनै अवैध कार्य नभएको जिकीर गर्दै आउनुभएको छ ।

दलबाट निष्काशन गरिएको सूचना नटाँस्ने हो भने मार्गप्रशस्त गर्न सभामुखसँग एमालेले आग्रह पनि गरेको छ । त्यस्तो मार्गप्रशस्त भनेको के हो भन्नेचाहिँ प्रष्ट गरिएको छैन ।

१ भदौंमा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामुखलाई सूचना दिँदै सूचना टाँस्न भनेका थिए । तर २ भदौमा दर्ता गरिएको नेपालको नयाँ पार्टीले ९ भदौमा मान्यता पाइसकेको छ ।

सभामुखको कदमबाट रुष्ट बनेको एमालेले भदौं २३ यता लगातार संसद बैठक अवरुद्ध गदै आएको छ भने सभामुखले पनि विपक्षीको नाराबाजीकै बीच संसदका कार्वाही सुचालु गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४