Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थप ९११ जनामा कोरोना संक्रमण, १,४२३ जना निको भए


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २७ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५४ जनाको आईसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नयाँ संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरका ६६ जना छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १६८, प्रदेश २ मा ११ तथा बागमती प्रदेशमा ३६२ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा १७०, लुम्बिनीमा ६३, कर्णालीमा ४५ र सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४