काठमाडौं । कोटेश्वोर बहुमुखी क्याम्पसका इकाई सभापति संजय बुढाथोकी , नेपाल तरुण दलका रामेछापका कोषाध्यक्ष योगेश श्रेष्ठलाई रामेछाप गोकुलगंगा २ ठोसेबाट नेपाल प्रहरीले नियन्त्रणमा लिई जिल्ला कार्यालय मन्थली लगिएको कुरा जन न्युज नेपाल खबर समाचारदाताले जनाएका छन् । साथै मन्थली १२ का युवा नेता सुमन अधिकारी काठमाडौँ तिनकुनेबाट प’क्राउ परेका छन् ।
प’क्राउ परे लगतै बिना शर्त उनीहरुको रिहाइको लागी ने बि संघ कोटेश्वोर क्याम्पस र नेपाल तरुण दलका युवा नेताहरुले संयुक्त रुपमा आवाज उठाएको छन । घटनालाई राजनीतिक इसु बनाई कसैको व्यक्तिगत जिबनमा दखल पुर्याउने काम गरेको पनि विद्यार्थी नेताहरुले जन न्युज नेपाल खबरलाई बताएका छन् ।
केहि सुनियोजित रुपमा हाम्रा साथीहरुलाई पक्राउ गरिएको छ उहाहरुलाई तत्कालै विना शर्त रिहाइको माग गर्दछौ । भनिएको छ कुनैपनि व्यक्तिलाई विना ठोस प्रमाण पक्राउ गर्न पाइदैन । घटनाको सत्य तथ्य छानबिन गर्न र अहिले पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई विना शर्त रिहाइको लागि जोडदार माग गर्दछौ ।
- #ने बि संघ कोटेश्वोर क्याम्पसले लगाए क्याम्पस प्रमुखको अफिसमा ताला कारण यस्तो।