Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री केसीले मागे विश्वासको मत, एमालेद्वारा प्रदेशसभा बहिस्कार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ७ २०७८
  • 3.4K
    SHARES

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

‘कर्ट्सीकै लागि भए पनि शुभकामना प्राप्त होला भन्ने ठानेको थिएँ’ उनले भने, ‘यति पाको राजनीतिक पार्टी राम्रै संस्कार होला भन्ने थियो । सत्ता बहिर्गमनको आक्रोश भए पनि आन्दोलनको सहयात्री हुनुको नाताले कर्टसीकै रुपमा भए पनि अगाडि बढाउनुपर्थ्यो ।’

‘मलाई विश्वासको मत नदिनुपर्ने कारण नै छैन’ मुख्यमन्त्री केसीले भने । विपक्षी एमालेलाई आवेग, इर्श्या र बदलावको भाव नराख्न मुख्यमन्त्री केसीले आग्रह गरे ।

आफू मुख्यमन्त्री बनेपछि एमालेले शुभकामना पनि नदिएको केसीले गुनासो गरे । संविधानले निर्दिष्ट गरे अनुसार विपक्षी दलसंग पनि संवाद, सहमति र सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री केसीले बताए । लोकतन्त्र र संविधानको रक्षा तथा संघीयता कार्यान्वयन सरकारको प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताए । कोभिड-१९ लाई नियन्त्रण र रोकथाम नव गठित सरकारको पहिलो प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताएका छन् ।

उनले कोभिड नियन्त्रण, रोकथाम तथा नागरिकलाई खोप आफ्नो पहिलो प्राथमिकतामा भएको बताए । उनले मन्त्रिपरिषदले पूर्णता पाउन साथ राजधानी व्यवस्थापन, रोजगारी बढाउने काम अगाडि बढाउने बताए । उनले प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको प्रति टिप्पणी गर्दै मूल पार्टी भन्ने एमालेले बैठक बहिष्कार गरेर राजनितीक संस्कार नदेखाएको बताए । उनले आफूले लोकतान्त्रिक संस्कार स्थापना गर्न सहकार्यको बातावरण बनाउन सहयोगात्मक र रचनात्मक भुमिका विपक्षी सामु राख्ने समेत बताए ।

उनले आवधिक योजना व्यववहारमा देखिने गरी कार्यान्वयन गर्नुका साथै समृद्ध प्रदेश, खुसी जनताको नारालाई जनताले साच्चै अनुभूति गर्ने गरी काम गर्ने बताए । त्यसबाहेक उनले संघियताको प्रभावकारिता कार्यान्वयनसंगै अघिल्लो प्रदेश सरकारले अघि सारेका रणनीतिक प्रभावका योजनालाई निरन्तरता दिने समेत बताए ।

  • एमाले भन्छ : हामीसँग सल्लाह भएन 

तर नेकपा एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । त्यसै अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी भएनन् । एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले  भने ‘हामीले हाम्रो कुरा प्रदेशसभाको बैठकमा नै राखेका छौं, उहाँहरुले त्यसपछि सल्लाह गर्नुभएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४