Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भीम रावलको बाटो हेर्दै सुदूरपश्चिमका एमाले


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 3.3K
    SHARES

धनगढी । नेकपा एमाले छाडेर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि सुदूरपश्चिममा उनी निकटका नेता अलमलमा परेका छन् । केन्द्रमा माधव नेपाललाई साथ दिँदै आएका भीम रावल तटस्थ बसेपछि सुदूरपश्चिममा त्यसको प्रभाव देखिएको हो ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित २५ सांसदमध्ये सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए । तर उनले छुट्टै पार्टी गठन गर्दा जम्मा ३ जनाले साथ दिएका छन् । प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र पूर्वपर्यटन मन्त्री माया भट्ट माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

जोशी र भट्ट केन्द्रीय समतिमै छन् भने सोडारी पनि नेता नेपाललाई साथ दिने बताउँछन् । तर माधव पक्षका अरु सांसद अहिले अलमलमा छन् ।

माधव नेपाल निकट प्रदेशसभा सदस्य अमरबहादुर साउद आफूहरु पार्टी एकताको पक्षमा रहेको बताउँछन् । ‘अहिले क्लियर केही पनि भएको छैन । पहिलो प्राथमिकता हामी १८ जना नै पार्टी एकताकै पक्षमा हो,’ उनी भन्छन्, ‘यदि त्यो सम्भव भएन भने निकट भविष्यमा थाहा हुँदै जानेछ । अहिले को कता ? भन्न सक्ने अवस्था छैन ।’

सुदूरपश्चिम प्रदेशमा एमालेभित्र आफ्नो बलियो पकड बनाएका भीम रावल तटस्थ बसेकै कारण यहाँका सांसदहरु पनि अलमलमै रहेका छन् । तत्कालिन नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका रावलको पक्षमा त्यहाँका धेरै नेता–कार्यकर्ता छन् ।

प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले नयाँ दल दर्ता प्रक्रिया नै पूरा नभएका कारण सोचविचार गरेर मात्र निर्णय लिने बताइन् । ‘माधव कमरेडले दर्ता गर्न खोज्नुभएको नयाँ पार्टी दर्ताको प्रक्रिया सकिएपछि निर्णय लिन्छौँ । हामीलाई २१ दिनको समय दिइएकाले सोच विचार गरेर मात्र अघि बढ्छौँ,’ उनले जन न्युज नेपाल खबरसँग भनिन् ।

सरकारले भदौ २ गते जारी गरेको दलविभाजनसम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था राखिएको छ । त्यसैले धेरै सांसद अहिले पर्ख र हेरको अवस्थामा छन् ।

प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने एमाले वा एकीकृत समाजवादी पार्टी रोज्नुपर्ने अवस्थामा माधव नेपाललाई नै साथ दिने संकेत गरेका छन् । पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतासँग छलफल तथा परामर्श गरिरहेको बताउँदै उनले आफूहरु विवेक प्रयोग गर्ने बताउँछन् ।

एमालेका तत्कालीन प्रमुख सचेतक समेत रहेका प्रदेशसभा सदस्य तारा लामा तामाङ भीम रावल निकट नेता मानिन्छन् । तपाई एकीकृत समाजवादी पार्टीमा कि नेता भीम रावलको पक्षमा ? भन्ने जिज्ञासामा उनी आफू अहिलेसम्म एमालेमै रहेको जवाफ दिन्छन् ।

‘कमरेड भीम रावल पार्टी एकताको पक्षमा छन् । यसको मतलब उनले माधव कमरेडलाई छोडेर केपी कहाँ जाने भन्ने होइन । अहिलेसम्म एमाले नै हौं,’ तामाङ भन्छन्, ‘अझै पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्छ भन्ने कुरा हो । ओलीले बहुमतको आडमा निर्णय गर्न थाले त्यसपछि सोच्ने कुरा भयो ।’

  • भीम रावलको प्रभाव

सुदूरपश्चिम प्रदेशमा एमालेभित्र आफ्नो बलियो पकड बनाएका भीम रावल तटस्थ बसेकै कारण यहाँका सांसदहरु पनि अलमलमै रहेका छन् । तत्कालिन नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका रावलको पक्षमा त्यहाँका धेरै नेता–कार्यकर्ता छन् ।

माधव नेपाल पक्षका १७ सांसदले पार्टीको निर्देशन विपरीत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए । त्यतिखेरको परस्थितिमा उनीहरुलाई नेता रावलले साथ दिएका थिए । तर अहिले माधव नेपालले नयाँ पार्टी गठन गर्दा रावल नै नेता नेपालसँग छैनन् । भावी दिनमा पनि रावल एमालेमै रहन्छन् वा नेपाललाई साथ दिन्छन् भन्ने टुंगो छैन । त्यसैले धेरै सांसद रावलको बाटो हेरेर बसेको नेताहरु बताउँछन् ।

भीम रावल निकट नेतृ माया भट्ट एकीकृत समाजवादी पार्टीमा जानुलाई अर्थपूर्ण मानिएको छ । तर सबै नेता भीम रावलको बाटो हेरेर बस्न नसक्ने माधव नेपाल निकट एक नेता बताउँछन् ।

‘भीम रावल एमालेमै हुँदा कुनै न कुनै दल रोज्नैपर्ने अवस्था आउँछ, त्यस्तो हुँदा विगतमा नेता नेपाललाई साथ दिदै आएका १८ जना माननीयमध्ये ९ जना एकीकृत समाजवादी पार्टीमा जान सक्छन्,’ स्रोत भन्छ, ‘अन्य ९ जना नेता रावलसँगै एमालेमा बस्छन् भन्ने हाम्रो विश्लेषण छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष पनि नेता भीम रावलको कदमपछि मात्र पार्टीमा के–कति सांसद रहन्छन् भन्ने कुरा यकिन गर्न सकिने बताउँछन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नेता रावल कतातिर लाग्छन् भन्ने स्पष्ट भएकाले अहिले नै कुन पक्षमा कति सांसद रहन्छन् भन्ने आँकलन गर्न नसकिने बताउँछन् ।

‘कमरेड भीम रावलको क्लियर स्टेटमेन्ट आएको छैन । अहिलेसम्म आधिकारिक रुपमा दुई जना मात्र एकीकृत समाजवादी पार्टीमा गएका देखिन्छन्,’ थापाले भने, ‘तर पार्टी बनाउन ठूलो योगदान गरेका धेरै सांसदहरु एमाले छाड्दैनन् भन्ने हाम्रो बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४