Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालतिर जानेलाई ओलीले भने : नाम कटाएर आउनुस्, सँगै काम गरौं


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन नेताहरुलाई आग्रह गरेका हुन् । ‘त्यो लिस्टबाट नाम कटाउनुस्, तपाईं हामीले बनाएको पार्टी हो आउनुस् काम गरौं’ उनले भने, ‘कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र इष्र्याका लागि पार्टी र आन्दोलनलाई कमजोर पार्नु हुन्न ।’

अध्यक्ष ओलीले निर्वाचन आयोगमा माधव नेपालले बुझाएको सूचीमा आफू नरहेको घोषणा गर्न अप्ठेरो नमान्न पनि नेताहरुलाई आग्रह गरे । ‘त्यहाँ आफू नभएको कुरा अप्ठेरो नमानी घोषणा गर्नुस् आउनुस् काम गरौं । देशको भविष्य बनाऔं, आफ्नो पनि भविष्य बनाऔं’ उनले भने

अध्यक्ष ओलीले कोही अलमल वा भ्रममा परेर गएको भए सम्झाउन पार्टीका नेताहरुलाई आग्रह गरे ।

अहिलेको सत्तारुढ गठबन्धनले एमाले फुटाउने मनसाय राखेर अध्यादेश जारी गरेको भन्दै ओलीले आपत्ति जनाए । ‘एमाले फुटाएर कमजोर पार्ने गलत मनसाय राखेर, मान्छे गन्ने जति मान्छे छ त्यति प्रतिशत राखेर अध्यादेश जारी गरियो’ उनले भने ।

लामो समयदेखि एमालेविरुद्धको चलेको अभियान निष्कर्षतिर पुग्नै लागेको ओलीले टिप्पणी गरे । ‘एक ढंगले केही मान्छेहरु जसको एमाले सिध्याउने उद्देश्य थियो’ उनले भने ।

आफूले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि नलिएर अध्यक्ष नै हुनका लागि पार्टी फुटाएको टोलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४