प्रदेश कार्यसमिति अन्तर्गत सभापति पदका लागि उम्मेदवारी शुल्क १५ हजार, जिल्ला सभापतिका लागि १० हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ । यस्तै निर्वाचन निर्देशिकामा प्रतिनिधिसभा क्षेत्रीय सभापति पदका लागि सात हजार, प्रदेशसभा क्षेत्रीय सभापतिका लागि पाँच हजार, महानगरपालिका, उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि पाँच हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ ।
गाउँपालिका सभापतिको दुई हजार रुपैयाँ र वडा कार्यसमिति सभापतिका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।
