Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीका थप दुई मन्त्रीले पनि राजीनामा दिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २७ २०७८
  • 2.9K
    SHARES

बुटवल । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् । ‘माननीय सन्तोष पाण्डेसहित हामी तीनै जनाले राजीनामा दिने हिजो नै निर्णय भएको हो,’ मन्त्री यादवले भने, ‘मेरो र कल्पनाजीको राजीनामा पत्र तयार तयार गर्दैछौं ।’

मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उनका पति नवराज लम्सालले राजीनामा बारे छलफल भइरहेको र एकाध घण्टामा निर्णय हुने बताए ।

यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए ।

उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक-पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले भने एक महीनाअघि नै राजीनामा दिएर पार्टीमा फर्केकी छन् ।

यसअघि गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै उनीहरु सरकारमा सामेल भएका थिए । त्यसपछि पाण्डे, यादव,रायमाझी र लम्साललाई पार्टीले कारबाही गरेर पदमुक्त गरेको थियो ।

जनता समाजवादी पार्टीको आपत्ति

जसपा संसदीय दलको वैठकको निर्णय अनुसार राजीनामा दिएको भनी पाण्डेले गरेको प्रचारप्रति पार्टीले आपत्ति जनाएको छ ।

जसपा संसदीय दलका नेता सहषराम यादवले सरकार ढल्ने निश्चित भएपछि पाण्डेले आफूखुशी राजीनामा दिएको हुनसक्ने बताए । ‘पार्टी संसदीय दलको नेता म हुँ, दलको बैठक आज बसेकै छैन,’ यादवले भने, ‘पदका लागि जे पनि गर्न तयार हुने चरम अवसरवादीले पार्टीको नाम दुरुपयोग गर्नु आपत्तिजनक छ ।’ नेता यादवले आइन्दा पार्टीको नाम दुरुपयोग गरेको पाइएमा कानूनी कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४