Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समायोजनमा मनोमानी गरेको भन्दै निधिसँग रिसाए पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १६ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी समायोजनका नाममा मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै उपसभापति विमलेन्द्र निधिसँग आक्रोश पोखेका छन् ।

उनले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरुलाई प्रक्रिया नपु¥याई क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

१४ औं महाधिवेशनमा सभापतिको आकांक्षी रहेका निधि बुधबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका थिए । पौडेलले अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरणमा पारदर्शीता नभएको भन्दै निधिको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसले उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो । तर महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर तीव्र विवाद देखिएको छ ।

‘उहाँहरुबीच पार्टी समायोजनको विषयमा कुराकानी भएको हो,’ वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘अन्य पार्टीबाट आएका व्यक्तिका नाममा दिइएको क्रियाशील सदस्यतामा विवाद देखिएको छ । यसलाई मापदण्ड बनाएर टुंग्याउने भन्नेबारे छलफल भएको हो ।’

मंगलबार साँझ वरिष्ठ नेता पौडेलले उपसभापति निधिलाई टेलिफोन गरेर क्रियाशील सदस्यता विवादको विषयमा असन्तुष्टि जनाएका थिए । दुई नेताबीच टेलिफोनमै चर्काचर्की भएपछि निधिले आफू निवासमै आएर छलफल गर्ने बताएका थिए ।

कांग्रेसले उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो । तर महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर तीव्र विवाद देखिएको छ ।

आठ लाख भन्दा बढी क्रियाशील सदस्यमध्ये अन्य पार्टीबाट आएका व्यक्तिको क्रियाशील सदस्यतामा बढी विवाद देखिएको हो । संस्थापन पक्षले आफू अनुकुल हुने गरी अन्य पार्टीबाट आएका व्यक्तिका नाममा क्रियाशील सदस्यता दिएको संस्थापनइतर पक्षको आरोप छ ।

समायोजन समितिकै सिफारिसमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकलाई २५ हजार र राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिल थापालाई १० हजार क्रियाशील सदस्यता दिइएको थियो । त्यस्तै संघ र प्रदेशको निर्वाचन अघि विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई व्यक्तिगत रुपमै ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको थियो ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी १४ औं महाधिवेशनको मिति तोकिसकेको छ । महाधिवेशनका लागि प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यतामाथि छानविन समितिले छानविन गरिरहेको छ ।

समितिमा परेका अधिकांश उजुरीहरु अन्य पार्टीबाट आएका क्रियाशील सदस्यमाथि परेका छन् । कांग्रेसकै कार्यकर्तालाई अन्य पार्टीबाट आएको भन्दै क्रियाशील दिइएको संस्थापनइतर समूहको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४