Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफूले नसकेपछि अरुले सरकार बनाउँदा प्रतिगमन भन्ने ?–प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३१ २०७८
  • 2.1K
    SHARES

काठमाडौं, । प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि सञ्चारकर्मीहरुसँग उहाँले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ? भन्दै रोष प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अस्थिरता चाहने तत्वले, मुलुकमा शान्ति देख्न नचाहने तत्वले लोकतान्त्रिक मूल्यमान्यता अनुसार संविधान र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थ सिद्धी गर्ने तत्वहरूले अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् । आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अर्कोले सरकार बनाउनु प्रतिगमन यस्तो तथाकथित नक्कली क्रान्तिकारी ?’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्ष्य गर्दै उहाँले प्रतिगमन भइरहेको छ भनेर मुलुकमा अस्थिरता खडा गर्न खोजेको आरोप लगाउनुभयो ।

पदबहाली गरेपछि मन्त्रीहरुलाई पहिलो निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्न निर्देशन पनि दिनुभयो ।

मुख्य समस्या नै कोरोना भएको भन्दै उहाँले भन्नुभयो, ‘अहिलेको मुख्य समस्या भनेको कोभिड १९ को नियन्त्रण हा । हामी यसलाई पराजित गर्छौं । त्यसका लागि सबै सामर्थ्य केन्द्रित गर्न जरुरी छ । यो काम सरकारले गर्नेछ ।’

कोरोनाको कारण उद्योग व्यापारमा समस्या नपरोस् भन्न सरकार सजग रहेको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४