Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिले दिएको समयसीमा सकियो, ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 6.6K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत नयाँ सरकार गठनका लागि दलहरुको दिएको समय सकिएको छ । अहिले ९ बजे राष्ट्रपतिकाे दिएकाे समयसीमा सकिएकाे हाे ।

राष्ट्रपतिले दिएको समय सीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले आफूलाई बहुमत सदस्यको समर्थन रहेको दाबी राष्ट्रपति समक्ष गर्न सकेनन् । विपक्षी दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रले अन्तिम घडीसम्म बहुमत जुटाउन गरेको प्रयास सफल हुन सकेनन् ।

विपक्षी दलहरू प्रधानमन्त्रीको दाबी गर्न असफल भएपछि अब संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले एमाले अध्यक्ष एवं काम चलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।

राष्ट्रपति भण्डारीले बिहीबार रातिसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ठूलो दलको हैसियतमा अल्पमतको सरकार गठन गर्ने प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ ।

प्रधानमन्त्री ओली यही वैशाख २७ गते संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले वैशाख ३० गते रातिसम्मको समय दिँदै बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४