Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मजदुरलाई निःशुल्क उपचार र राहतको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको माग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 8.6K
    SHARES

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले मजदुरलाई तत्काल राहत र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ ।

युनियनले बिहीबार ईमेलमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ज्ञापनपत्र पठाउँदै राहत र निःशुल्क स्वास्थ्य उपचारको माग गरेको हो ।

महासचिव योगेन्द्र कुवरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निषेधाज्ञाको कारण अनौपचारिक/स्वरोजगार एवं दैनिक ज्यालादारी मजदुर कामविहीन भइ भोकभोकै बस्नु पर्ने अवस्था आएको उल्लेख गर्दै गम्भीर हुन आग्रह गरेको छ ।

विज्ञप्तिमा अस्पतालमा व्याप्त शय्या र अक्सिजन अभावलाई छिटो व्यवस्थापन गर्नुपर्ने र मजदुर एवं आमनागरिकको निःशुल्क उपचारको माग गरिएको छ ।

महामारीको बेला अग्रपंक्तिमा कार्यरत मजदुर, कर्मचारीलाई प्रोत्साहन गर्नु र मजदुरलाई भ्याक्सिनको व्यवस्था गर्नुपर्ने युनियनको माग छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४