Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली काँग्रेसको नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछापको जनताको स्वास्थ्य सेवा सुबिधाको निम्ति चुनावको बेला आफुले चुनाव हारे नि जितेनी एम्बुलेन्स उपलब्ध गराउने बाचा गर्नु भएको थियो।आफ्नो बाचा अनुसार खरिद गर्नु भएको एम्बुलेन्स तत्कालै  वितरण गर्न लागेको  भए पनि पाटी सभापति तथा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाको बेस्थता ले गर्दा  अझै केही दिन ढिलो हुने बुझिएको छ। 


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १८ २०७५
  • 8.1K
    SHARES

 

Netra Bdr Karki: जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि :-

नेपाली काँग्रेसको नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछापको जनताको स्वास्थ्य सेवा सुबिधाको निम्ति खरिद गर्नु भएको एम्बुलेन्स तत्कालै  वितरण गर्न लागेको  भए पनि पाटी सभापति तथा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाको बेस्थता ले गर्दा  अझै केही दिन ढिलो हुने बुझिएको छ। 


नेपाली काँग्रेसको सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्य व्यस्तताको कारण बितरण हुन नसकेको एम्बुलेन्सहरू केही दिन भित्रै सभापति देउवाले रामेछाप निवासी जनतालाई बितरण गर्ने कार्यक्रम रहेको छ । भने यता नेता  तामाङ दिन रात जनताको  सेवामा खटिएर काम गर्ने कुरामा  बिस्वस्थ हुनुहुन्छ । र नेता तामाङ भन्नू हुन्छ  म सधै रामेछापका जनताको हितमा काम गर्दै जाने छु। म जनताको  हित बिपरित काम कहिले पनि गर्ने छैन। भन्दै  बाचा गर्नु हुन्छ। समाजमा सेवा गर्नलाई  साम्सद  वा  मन्त्री  हुनुपर्छ  भन्ने छैन। सायद हो पनि किन भने काम गर्ने मान्छेलाई मात्रै इच्छाशक्ति  भए पुग्छ। जस्तै  पुर्ण बहादुर तामाङले चुनाव हारे पनि आफ्नो  बोलेको बाचा  पूरा गर्दै हुनुहुन्छ ।


प्रतिनिधिसभा निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार नेपाली काँग्रेश रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछाप जिल्लामा ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेपाली काँग्रेस रामेछापको उमेदवार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछापेली जनताको बीचमा गरेको प्रतिबद्धता अनुसार ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका हुन् |
निर्वाचनको क्रममा उनले रामेछापको दोरम्बा, सुनापति, उमाकुण्ड, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका लगायत विभिन्न स्थानमा एम्बुलेन्स दिने घोषणा गरेका थिए । नेपाली काँग्रेस को नेता पूर्ण बहादुर तामाङ (कान्छाराम)ले रामेछापेली जनतालाई वितरण गर्ने एम्बुलेन्सहरू फागुन अन्तिम हप्ता नै काठमाडौंमा आइसकेको र चैत्र ३ गते रामेछापको सदरमुकाम मन्थलीबाट वितरण गर्ने कार्यक्रम रहेको भए पनि नेपाली काँग्रेसको सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताको कारण चैत्र महिनाको अन्तिम हप्ता भित्रै वितरण गरिसक्ने कार्यक्रम रहेको थियो। तर अझै सम्म नि सभापति देउवाको ब्यस्तथा ले गर्दा वितरणमा ढिलाइ  भएको  पाइएको छ। भने अब केही समयमा नै एम्बुलेन्स  बितरण हुने  जानकारी  जन न्युज नेपाल  खबर लाई  गराइएको  छ।


नेपाली काँग्रेसको नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले ‘निर्वाचनको समयमा जनताको बीचमा एम्बुलेन्स दिने बाचा गरेको थिए, निर्वाचनमा पराजित भएपनि म रामेछापका जनताको सेवाको लाग्छु ।’ एम्बुलेन्स वितरण भएपछि गाउँबाट अस्पतालसम्म बिरामीलाई लैजान सहज हुने नेपाली काँग्रेसको नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) को सोच रहेको छ ।
निर्वाचनको समयमा गरेको घोषणा अनुसार नै कान्छारामले एम्बुलेन्स वितरण गर्न लागेका हुन् । उनले उमाकुण्ड गाउँपालिकाको प्रिति, भुजी र गुप्तेश्वरलाई सेवा दिने गरी एउटा एम्बुलेन्स दिने भएका छन् । त्यसैगरी सुनापति गाउँपालिकाको बेथानलाई एउटा, दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बा दुई वटा, मन्थली नगरपालिकाको गेलुमा एउटा र खाँडादेवी गाउँपालिकालाई एउटा गरी छ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् । एम्बुलेन्स वितरण भएपछि बिरामी पर्दा अस्पतालसम्म बिरामी लैजान स्थानीयलाई सहज हुनेछ । 


कान्छारामले खरिद गरेको एम्बुलेन्स वितरण गर्नको लागि पार्टी सभापति शेरबहादुर देउवा मन्थली आउने भएका छन् । नेता कान्छारामको अनुसार पार्टी सभापति देउवाबाट नै एम्बुलेन्स वितरण गर्ने कार्यक्रम तय भएको बताए । उनका अनुसार पार्टीका वरिष्ठ नेता राचन्द्र पौडेल, महामन्त्री सशाकं कोइराला, नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, नेता गगन थापा लगायतका नेताहरु एम्बुलेन्स वितरण गर्ने कार्यक्रममा सहभागी हुने भएका छन् । भने अब छिटोभन्दा छिटो एम्बुलेन्स बितरण गर्ने तयारी  रहेको पनि  जानकारी  भएको छ।
 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा सेयर गरिदिनु होला। धन्यवाद

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४