काठमाडौं, । नेकपा एमाले अध्यक्ष केपी ओली र माधव नेपाल पक्षबीच सहमति नबनेपछि अन्ततः यो पार्टी फुटतर्फ पुगेको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पार्टी मिलाउनका लागि दिएको समयसीमा सकिएपछि नेपाल पक्षधर एमाले सांसदहरु सिंहदरवार पुगेर सामूहिक राजीनामा बुझाउँदैछन् ।नेपाल पक्षीय सांसद झपट रावलले केपी ओलीको दम्भका कारण पार्टी एकताका सबै प्रयास विफल भएको र अब राजीनामा मात्र बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।
हिजो अध्यक्ष ओलीले र माधव पक्ष र नेपालले ओलीलाई दोष थोपर्दै एकताको बाधक रहेको पत्र सार्वजनिक गरेपछि एकताको सम्भावना टरेको हो ।प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने दिनमै एमाले औपचारिक फुटको बाटोमा पुगेको हो ।
प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले अमान्य घोषणा गरिदिएपछि तात्कालीन नेकपाभित्र ओली र नेपाल–पुष्पकमल दाहाल पक्षमा ध्रुवीकरण बनेको थियो ।
पछि अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई अलग अलग पार्टी बनाइदिएपछि अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लगातार कार्वाहीको सिलसिला चलाउनुभएको थियो । परिणाम एमाले विभाजनमा पुगेको हो ।