Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंहदरबारमा एमाले नेताहरुबीच भेटवार्ता, जोगिएला त एमाले ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 5.2K
    SHARES

काठमाडौं । कपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र भलनाथ खनाल समूहका सांसदहरु संघीय संसद सचिवालय सिंहदरबारमा भेला भएको खबर सुनेपछि अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेता सिंहदरबार पुगेका छन् ।

पार्टीबाट राजीनामा दिने सूचना पाएसँगै ओली समूहका नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ आइतबार वरिष्ठ नेता नेपाललाई भेट्न सिंहदरबार पुगेका हुन् ।

हाल ओली र नेपाल समूहका नेताहरुबीच सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा वार्ता भइरहेको छ । उक्त वार्तालाई एमाले जोगाउने अन्तिम वार्ताका रुपमा पनि लिइएको छ ।

वार्तामा नेपाल–खनाल समूहबाट नेता नेपाल, योगेश भट्टराई मेटमणी चौधरीलगायत रहेका छन् भने ओली समूहबाट अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् ।

समाचार स्रोतका अनुसार पार्टीलाई २ जेठ २०७५ को अबस्थामा फर्काए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने र एमालेमै फर्किने नेता नेपाल समूहको अडान रहेको छ । तर, पार्टीलाई जेठ २ कै अवस्थामा नफर्काए विकल्प खोजिने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने नेता नेपाल समूहले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४