Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२६ सांसदसहित सचिवालयका १ सय ६० जनालाई कोरोना संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २५ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । संघीय संसद सचिवालयले २०५ जना सांसदसहित संघीय संसद्सँग सम्बन्धित १ हजार २३५ जनाको पीसीआर परीक्षण गरिएकोमा २६ सांसदसहित सचिवालयका १ सय ६० जनालाई कोरोना संक्रमण भएको छ ।

२०५ सांसदहरुको गरिएको पीसीआर परीक्षणमा भने १९ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । १९ जना सांसदमध्ये एक जना राष्ट्रिय सभाका र बाँकी १८ जना प्रतिनिधिसभाका रहेका छन् । पहिल्यै पीसीआर परीक्षण गराएका थप ८ जना सांसदलाई पनि कोरोना संक्रमण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिनु अगाडि संघीय संसद् सचिवालयले गराएको पीसीआर परीक्षण र सांसदहरूले व्यक्तिगत रूपमा गरेको परीक्षणबाट उक्त संख्यामा सांसद कोरोना संक्रमित पाइएको हो । प्रतिनिधिसभा अधिवेशन वैशाख २७ गते बोलाइएको छ । संघीय संसद् सचिवालयले वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो । सचिवालयका अन्य व्यक्तिहरुमा कर्मचारी, मर्यादापालक, सांसदका स्वकीय सचिवहरू, सुरक्षाकर्मी, ससदीय बिटमा रिपोर्टिङ गर्ने पत्रकार र संसद् भवन नयाँ बानेश्वरका कर्मचारी रहेका छन् ।

प्रतिनिधिसभाका अझै ५४ सांसदको पीसीआर रिपोर्ट संसद् सचिवालयले प्राप्त गरिसकेको छैन । उनीहरूको पीसीआर परीक्षण भएपछि वा रिपोर्ट प्राप्त भएपछि कोरोना संक्रमित सांसदको यकिन संख्या थाहा हुने संसद् सचिवालयको भनाइ छ ।

कतिपय सांसद काठमाडौं उपत्यका बाहिर रहेको र उनीहरूलाई अनिवार्य रूपमा पीसीआर परिक्षण गरेर आउन सन्देश पठाइएको संसद्को स्वास्थ्य विभागका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४