Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बच्चालाई गाली गर्नुभएको छ भने ‘सरी’ भनेर तुरुन्त गल्ती सुधार्नुहोस्, यसो गर्दा आफू पनि दुःखी छु भनेर बताउनुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 11.9K
    SHARES

‘आइ एम सरी’ । हुन त यो तीन शब्दको सानो वाक्य हो तर यसको असर ठूलो हुनसक्छ । विशेषगरी जब कुरा बच्चाको आउँछ । यस्तै घटना अघिल्लो हप्ता अमेरिकामा भयो । जब एक कामकाजी आमा घरबाट कार्यालयको काम गरिरहेकी थिइन् । त्यति नै बेला छोरीले उनलाई डिस्टर्ब गरिन् । उनलाई स्कूलको कार्यक्रममा एउटा हंटको जिम्मेवारी दिइएको थियो ।

कहिले रातो रङको चप्पल, कहिले काइँयो गर्दै जब उनी चौथो पटक कोठामा आइन् तब उनलाई आमाले झर्केर ‘गेट आउट’ भनिदिइन् । छोरी दुःखी भइन् । आमाले निकै कठोरताका साथ छोरीलाई सो कुरा भनेकी थिइन् । यद्यपि, उनले यसअघि आफ्नी छोरीसँग यसरी कुरा गरेकी थिइनन् ।

विशेषज्ञका अनुसार यो सामान्य कुरा हो, सबै अभिभावकसँग यस्तो घटना भइरहेको हुन्छ । तर जतिबेला यस्तो हुन्छ, तपाईंले बच्चासँग माफी माग्नुपर्छ । यसबाहेक तपाईं यी तीन बिन्दुमाथि ध्यान दिन सक्नुहुन्छ ।

  • आफ्नो गल्ती स्विकार्नुः

न्यू साउथ वेल्स युनिभर्सिटीमा क्लिनिकल साइकोलोजीकी प्राध्यापक जेनी हडसन भन्छिन्, ‘जतिबेला यस्तो हुन्छ, तपाईं शान्त भएपछि बच्चासँग तुरुन्त माफी माग्नुहोस् र आफ्नो भावना बच्चालाई बुझाउनुहोस् । बच्चालाई भन्नुहोस् कि यसरी रिसाउँदा तपाईं पनि दुःखी हुनुहुन्छ । हताशमा यस्तो भएको हो, बच्चालाई भन्नुहोस् कि यसमा उनको कुनै गल्ती थिएन । बच्चाहरुसँग वकमा जान सक्नुहुन्छ । गहिरो सास लिनुहोस्, त्यतिबेला अन्य कुरा गर्नबाट जोगिनुहोस् ।’

  • आफूलाई समय दिनुहोस्ः

यस्तो स्थितीमा के गर्ने भनेर सोच्नु सकिरहनुभएको छैन भने आफूलाई थोरै समय दिन सक्नुहुन्छ । मनोवैज्ञानिक एलेक्जेन्ड्रा साक्सका अनुसार बच्चा साना हुन्छन्, उनीहरुलाई एक्लै छोड्न सक्नुहुन्नँ । तपाईं कुनै साथीलाई फोन गरेर मन हल्का बनाउन सक्नुहुन्छ ।

  • बच्चाको ठाउँमा बसेर सोच्नुहोस्ः

डा. साक्सका अनुसार बच्चा भावनामाथि नियन्त्रण गर्न सक्दैनन् त्यसैले तुरुन्त व्यक्त गर्छन् । उनीहरुको ठाउँमा बसेर सोच्नुहोस् । हामीमध्ये धेरैजना यो स्थितिबाट गुज्रिरहेका छौं । महामारीले आर्थिक, मानसिक तनाव यति धेरै बढाइदिएको छ कि अभिभावकले धैर्य गुमाउने गर्छन् । यो स्थितिलाई कुराकानीमार्फत् सम्हाल्न सकिन्छ ।

  • बारम्बार मजाक नउडाउनुहोस्, उनीहरुमा नकारात्मक भावना आउन सक्छ

जर्ज वासिङ्टन युनिभर्सिटी स्कूलमा मनोचिकित्सककी विशेषज्ञ डा. पूजा लक्ष्मिनका अनुसार बच्चालाई बेस्सरी गाली गर्नु सामान्य हो तर उनीहरुमाथि कहिल्यै पनि शारीरिक वा भावनात्मक रुपमा नकारात्मक व्यवहार नगर्नुहोस् । उनीहरुको बारम्बार मजाक नउडाउनुहोस्, प्रेममा कहिल्यै पनि कमी नगर्नुहोस् । यसले उनीहरुलाई नकारात्मक महसुस गराउन सक्छ । तर तपाईं सधैं यस्तै व्यवहार गर्नुहुन्छ भने यसले तपाईंको बच्चालाई थप हेरविचारको आवश्यकता छ भन्नेतर्फ संकेत गर्छ । यसका लागि डाक्टरको पनि मद्दत लिन सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४