Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निषेधाज्ञाको समयमा हुने घरेलु हिंसा न्यनीकरणका लागि प्रवन्ध मिलाउन समितिको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 2.9K
    SHARES

काठमाडौं, । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल तथा लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै समितिले लिङ्ग, वर्गमैत्री क्वारेन्टीनको प्रवन्ध समयमै मिलाउन पनि निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्य ध्रुवकुमार शाहीको संयोजकत्वमा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा महिला, बालबालिका, जेष्ठ नागरिक, पीछडिएका वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको सम्बन्धमा गरेको स्थलगत अध्ययनमाथि पनि छलफल भएको थियो ।

अध्ययन भ्रमणको बिस्तृत प्रतिवेदन समितिको आगामी बैठकमा प्रस्तुत गरिने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४