Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकीमा सत्तापक्षकै सांसदले रोके संसद् बैठक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 2.6K
    SHARES

पोखरा । गण्डकी प्रदेशसभामा सत्तापक्षकै सांसद्को अवरोधका कारण मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

नेकपा एमालेका सांसद्को अवरोधका कारण २० मिनेटका लागि स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन । सत्ता पक्षका सांसद्ले कोरोना भाइरस (कोभिड–१९) को जोखिम देखाउँदै सबै सांसदहरूले पिसीआर टेष्टको नतिजा ल्याउनुपर्ने माग गरेका छन् ।

एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताव टेलुल भएको हो । सो विषयमा छलफल हुने कार्यसूची थियो । अविश्वास प्रस्तावबारे भोलि बुधबार मतदानको कार्यतालिका थियो ।

अविश्वासको प्रस्तावमा मुख्यमन्त्री अल्पमतमा परेपछि सत्तारुढ सांसद्हरूले सरकार जोगाउनका लागि अनेक तरिका अपनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४