Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्यकर्तालाई कोरोनाविरुद्ध खटिन प्रधानमन्त्रीको निर्देशन, तत्काल लकडाउन नगरिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाविरुद्ध खटिन पार्टी (नेकपा एमाले) का कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आइतबार एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्ट देखिएका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड(१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी गराउनुभयो ।’

बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम भइरहेको प्रधानमन्त्री ओली जानकारी दिनुभएको प्रवक्ता ज्ञवालीले बताए ।

साथै, स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराउनुभएको प्रवक्ता ज्ञवालीले बताएका छन् ।

प्रवक्ता ज्ञवालीले भने, ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४