“नेपाली राष्ट्रियता”
जबर जस्त बन्द आवाजमा,खुल्दैन राष्ट्रियता
सबै हक अधिकार उन्नतिमा,हुन्छ राष्ट्रियता।
बनीबनाउँ अर्काको,खास्टो बनेको संस्कृतिमा
दमन शोषण हिंसाको गन्धमा,हुन्न राष्ट्रियता।
सबैको अधिकार समून्नतिमै,फुलोस् एकता
बगैंचा झैं सुन्दर राष्ट्र बन्छ,सबैको राष्ट्रियता।
परचक्रीको बल र हुकुमीको,जबरजस्त शक्ति
बेंचिएको जन आवाजमा,रहँदैन राष्ट्र भक्ति।
बराबरी हक समानताको ईज्जत,बन्छ एकता
अपनत्व गुमाएको भिड,खोक्रिन्छ राष्ट्रियता।
स्वाधिन राष्ट्र मौंलिक आफ्नो,फुल्दछ भावना
स्वतन्त्र प्रगतिशील हो,राष्ट्रियताको चाहना।
रचना:-नीगम कुमार कार्की,खस।