Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगल ग्रहमा पहिलो पटक उड्यो नासाको हेलिकप्टर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा सानो एयरक्राफ्ट उडाउन सफल भएको छ ।

इनजेनिटी नामको उक्त ड्रोनयुक्त हेलिकप्टर हावामा एक मिनेटभन्दा पनि कम समय उडेको छ, तर नासाले यसलाई ठूलो उपलब्धि मानेका छन् । योसँगै पृथ्वीबाहेक अन्‍य ग्रहमा उड्‍ने इनजेनिटी पहिलो यान बनेको नासाले जनाएको छ ।

नासाका अनुसार यो कुनै अर्को दुनियाँको एयरक्राफ्टद्वारा सञ्‍चालित तथा नियन्त्रित गरिएको पहिलो उडान हो । यसको पुष्टि मंगल ग्रहको एक उपग्रह जसले हेलिकप्टरको डेटालाई पृथ्वीमा पठाएको थियो ।

आगामी दिनमा योभन्दा शक्तिशाली र साहसिक उडान हुने नासाले आशा व्यक्त गरेको छ ।

नासाका अनुसार टेक्नोलोजीको सीमालाई अनुसन्धान गर्ने इन्जिनियरहरुले चेकजाँच गरिसकेपछि अब  इनजेनिटीलाई थप उचाइको उडानका लागि निर्देशन दिनेछन् ।   ‘अब हामीले भन्न सक्छौ कि मानिसले कुनै अर्को ग्रहमा एउटा रोटरक्राफ्ट उडाएका छौं,’ नासा जेट प्रोपल्शन लेबोरेटरीमा इनजेनिटीका प्रोजेक्ट म्यानेजर मिमी आङ्गले भने, ‘अब यसलाई रियालिटीमा उतार्ने  ठूलो अवसर दिएको छ । ‘

It happened. Today our #MarsHelicopter proved that powered, controlled flight from the surface of another planet is possible. It takes a little ingenuity, perseverance, and spirit to make that opportunity a reality: https://t.co/oT3rrBm6wj pic.twitter.com/u63GKshp0G

 

यता, मंगल ग्रहमा हावामा उड्न निक्कै कठिन छ । किनकि त्यहाँको वायुमण्डल धेरै पातलो छ, जुन पृथ्वीको वायुमण्डलको एक प्रतिशत मात्रै हो ।

लिफ्ट पाउनको लागि रोटरक्राफ्टको ब्लेडलाई धेरै बल लगाउनुपर्छ । इनजेनिटीलाई धेरै हलुका बनाएर त्यो ब्लेडलाई २,५०० चक्कर प्रतिमिनेटभन्दा पनि बढी घुम्‍ने शक्ति दिनु परेको नासाले जनाएको छ ।

तर अब शुरुवाती सफलतासँगै अर्को संसारलाई पत्ता लगाउने तरिका पनि बदल्‍न सक्‍ने नासाले आशा लिएको छ । निकट भविष्‍यमा आउने रोबर्सको लागि ड्रोनको उपयोग हुन सक्छ । यतिसम्‍म मंगल ग्रहमा पुगेपछि अन्तरिक्ष यात्री पनि यसको प्रयोग गर्न सक्‍नेछन्।

 

यतिमात्र होइन नासाले पहिल्‍यैदेखि शनिको सबैभन्दा ठूलो उपग्रह टाइटनको लागि हेलिकोप्टर मिसनलाई स्वीकृति दिइसकेको छ । उक्त मिसनको नाम नासाले ड्र्यागनफ्लाई राखेको छ। उक्त उपग्रह टाइटनमा सन् २०३० को दशकको मध्यतिर पुग्‍ने लक्ष्य नासाले राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४