Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उच्च गुणस्तरीय ”बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्ध : सी चिनफिङ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 5.4K
    SHARES

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” (बिआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताउनु भएको छ ।बोआओ मञ्चको वार्षिक शिखर बैठकको उदघाटन समारोहमा भिडियो कन्फरेन्स मार्फत मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सबै देशका जनताको जीवन र स्वास्थ्य सुरक्षित गर्नका लागि सङ्क्रामक रोग नियन्त्रण, जनस्वास्थ्य, परम्परागत औषधि र अन्य क्षेत्रमा विभिन्न पक्षसँग स्वास्थ्य साझेदारीका कार्यलाई थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, चीनले सम्पर्क सञ्जालका लागि सुदृढ साझेदारी निर्माण गर्नेछ, एवं “हार्ड” र “सफ्ट” जस्ता सबै किसिमका पूर्वाधार निर्माणलाई प्रबद्र्धन गर्न सबैसँग मिलेर कार्य गर्न चीन तत्पर छ ।

उहाँले स्वच्छ विकासका लागि चीनले अझ निकट साझेदारी निर्माण गर्ने बताउँदै अन्य मुलुकलाई पनि हरित पूर्वाधार, हरित ऊर्जा र हरित वित्तका क्षेत्रमा पारस्परिक सहयोगलाई थप सुदृढ गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति सी ले बिआरआई अन्तर्राष्ट्रिय हरित विकास साझेदारीलाई थप सुधार गर्न आग्रह पनि गर्नुभयो । उहाँले बेल्ट एन्ड रोड (बिआरआई) लाई गरिबी निवारण र वृद्धिका लागि एउटा अवसरका रुपमा उपयोग गर्न पनि सबै इच्छुक साझेदार मुलुकहरुलाई आह्वान गर्नुभयो ।

सन् २०३० सम्ममा बिआरआई परियोजनाले करिब ७६ लाख मानिसलाई चरम गरिबीबाट मुक्त गर्ने तथा तीन करोड २० लाख मानिसलाई मध्यम किसिमको गरिबीबाट माथि उकास्ने छ, विश्व बैंकको प्रतिवेदन उद्धृत गर्दै राष्ट्रपति सी ले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी खुलापन र समावेशी सिद्धान्तलाई अंगाल्ने छौं, बिआरआईलाई गरिबी निवारण र आर्थिक वृद्धिका निम्ति इच्छुक मुलुकसँग मिलेर कार्य गर्न चीन प्रतिबद्ध छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४