Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टि–ट्वेन्टी क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमान, डेब्युपछि लगातार तेस्रो अर्धशतक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2.3K
    SHARES

काठमाडौं, । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यु खेलमै लगातार तेस्रो अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान राख्न सफल भएका छन् ।

काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा डेब्यु खेलपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै कुशलले विश्व कीर्तिमान कायम गरेका हुन् ।

मंगलबार नेपालले नेदरल्याण्डविरुद्ध खेलेको टि–ट्वेन्टी खेलमा पनि तेस्रो अर्धशतक प्रहार गर्दै कुशलले कीर्तिमान आफ्ना खातामा पारेका हुन् ।

लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका कुशलले यसअघि सोमबार मलेसियाविरुद्ध अविजित रहँदै ६१ रन बनाएका थिए भने पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नै अर्धशतक हानेका थिए ।

टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म डेब्यु ब्याट्सम्यानहरुले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्न सकेका थिएनन् ।

तेस्रो अर्धशतक पूरा गर्ने क्रममा कुशलले नेदरल्याण्ड्सविरुद्ध १३ औं ओभरमा अर्धशतक हानेका थिए । उनले ६२ रन प्रहार गरे ।

टी–२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्दा उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा पनि उक्लेका छन् ।

नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा डेब्यु गर्दा ६२ रन बनाएका उनले मलेसियाविरुद्ध दोस्रो खेलमा भने अविजित ६१ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४