Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड पारिवारिक पीडा खेपेर पनि राजनीतिक सक्रियतामा जुट्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 5.6K
    SHARES

काठमाडौँ। दश वर्षे जनयुद्धको नेतृत्व गरेर खुला राजनीतिमा सक्रिय रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक व्यस्तता बढ्दो छ ।

बिहानदेखि रातिसम्म हुने भेटघाट,बैठक,पार्टीका कार्यक्रममा पुग्न प्रचण्डलाई भ्याईनभ्याई हुन्छ । दैनिक १५ घण्टासम्म राजनीतिमा व्यस्त रहने उनै प्रचण्डको पारिवारिक अवस्था भने निकै पीडादायी रहेको बताइन्छ ।

छोराछोरी गुमाउनुपर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ, अनुमान गर्नेहरूलाई के थाहा !

शोषित,उत्पीडित वर्गको मुक्तिका लागि भन्दै आफ्नै नेतृत्वमा शुरु भएको जनयुद्धको कठिन बेलामा समेत प्रचण्डले परिवारबाट भरपर्दो साथ र सहयोग पाउनुभएको थियो । त्यतिबेला प्रचण्डसँगै सिंगो परिवार जनयुद्धमा होमिएको थियो । राजनीतिको कठिन मोडमासमेत परिवारको साथ पाउनुभएका प्रचण्डले केही वर्षयता भने लगातार एकपछि अर्को पारिवारिक पीडा भोग्नुपरेको छ ।

तीन वर्षअघि जवान छोरा गुमाउनुभएका प्रचण्डले त्यसअघि जेठी छोरी ज्ञानु दाहालको अन्तिम बिदाइ गर्नुपरेको थियो । २०७४ सालको निर्वाचनका बेला छोरा प्रकाश दाहाललाई अकल्पनीय रुपमा गुमाउनुपर्यो । प्रकाश प्रचण्डका छोरामात्र थिएनन् भरपर्दो सहयोगी पनि थिए । प्रकाशलाई पशुपति आर्यघाटमा हजारौँ समर्थक र शुभचिन्तककाबीच अन्तिम बिदाइ गर्दा प्रचण्डको राजनीतिक सक्रियता घट्ने अनुमान गरिएको थियो ।

शनिबार सार्वजनिक सीताको एउटा फोटोले प्रचण्डमाथि गुज्रिरहेको पारिवारिक पीडाको अनुमान लगाउन सकिन्छ । छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त फोटोमा सीता दाहालको स्वास्थ्य निकै कमजोर रहेको देखिन्छ ।

तर,उहाँको राजनीतिक सक्रियतामा बिराम लागेन,झन् सक्रियता देखिएको हो । त्यतिबेला प्रचण्डलाई वाम गठबन्धनलाई जिताउनुपर्ने महत्वपूर्ण जिम्मेवारी थियो,त्यसैले उहाँ चुनावी अभियानमा थप सक्रिय भएर लाग्नुभयो ।

छोराछोरी गुमाउनुपर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ, अनुमान गर्नेहरूलाई के थाहा १ त्यस्तै पीडाबाट गुज्रिनुभएका प्रचण्डलाई अहिले पत्नी सीता दाहालको बिग्रँदो स्वास्थ्य अवस्थाले थप पीडा दिएको छ । शनिबार सार्वजनिक सीताको एउटा फोटोले प्रचण्डमाथि गुज्रिरहेको पारिवारिक पीडाको अनुमान लगाउन सकिन्छ । छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त फोटोमा सीता दाहालको स्वास्थ्य निकै कमजोर रहेको देखिन्छ । फोटोमा सीता निकै कमजोर र दुब्लो देखिनुभएको छ ।

प्रचण्डलाई पार्टीको नेता, जनयुद्धको सर्वोच्च कमाण्डर हुँदै मुलुकको प्रधानमन्त्रीसम्म बनाउन सीताको भूमिका महत्वपूर्ण थियो । प्रचण्ड आफैंले सार्वजनिक रुपमा पटक–पटक आफ्नो राजनीतिक जीवनमा सीताको भूमिकाको प्रशंसा गर्नुभएको छ । निम्नमध्यम वर्गीय परिवार, स–साना छोराछोरीको रेखदेख र सम्पूर्ण पारिवारिक जिम्मेवारी लिएर सीताले प्रचण्डलाई पूर्णकालीन राजनीतिमा लाग्ने बाटो नखोलेको भए आज देखिएको प्रचण्डको राजनीतिक सक्रियता कसैले पनि अनुमान गर्न सक्दैनथ्यो ।

उहाँको राजनीतिक लाइनमा सहमत वा असहमत जे भएपनि पारिवारिक तनावकाबीच उहाँको राजनीतिक सक्रियताको भने प्रशंसा गर्नैपर्छ । त्यसैले भनिएको होला, ’राजनीतिज्ञका लागि राजनीतिभन्दा ठूलो केही हुँदैन ।’ मुलुकको राजनीति बिग्रिनुमा अरुजस्तै प्रचण्ड पनि जिम्मेवार हुनुहुन्छ । तर,यत्रो पारिवारिक पीडा खेपेर पनि राजनीतिमा देखिएको उहाँको सक्रियताचाँहि लोभलाग्दो छ । जनआस्था साप्ताहिकबाट 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४