Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज बैशाख ७ गतेबाट, कसले कति गते लगाउने ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 6.7K
    SHARES

काठमाडौं । कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत पहिलो बडोज लगाएकालाई आगामी बैशाख ७ गतेदेखि दोस्रो डोज दिइने भएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीसहितले भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका छन् ।

पहिलो डोज लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको खोप दिइने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जनाएको छ । माघ १४, १५, १६, १७ र २६ गते खोपको पहिलो डोज लगाएकाहरूले वैशाख ७ गते, माघ १८, १९, २०, २१ र २७ गते पहिलो डोज लगाएकाहरूले ८ गते दोस्रो डोज लगाउन पाउने छन् ।

यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकाले बैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो डोज लगाएकाहरूले बैशाख १० गते दोस्रो डोजको खोप लगाउने व्यवस्था मिलाइएको छ ।

यसैगरी माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो डोज लगाएकाहरूलाई बैशाख ११ गते दोस्रो डोजको खोप गएको जनाइएको छ । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४