Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहमतिको सरकार बनाएर राजनीतिक निकास खोज्न प्रदीप गिरिको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 1.9K
    SHARES

काठमाडौँ, । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मुलुकको राजनीतिक अन्योलको समाधानका लागि सहमतिको सरकार बनाउनु पर्ने बताउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद गिरीले मुलुकमा अहिले देखिएको राजनीतिक अन्योल चिर्ने बाटो भनेको सहमतिको सरकार बनाउनु मात्रै भएको उल्लेख गर्नुभयो ।

उहाँले आउँदो निर्वाचन पनि सबै दलको सहमतिमा बन्ने सरकारले गराउनुपर्ने प्रस्ताव गर्नुभयो । निर्वाचन सहमतिका आधारमा नगरिए २०४७ सालपछिको जस्तो अवस्था आउने चेतावनी उहाँको थियो ।

सदनमा उभिएर नेता गिरिले भन्नुभयो, ‘मुलुकमा देखिएको अन्योल चिर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ । अहिले प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, महन्थ ठाकुर, प्रचण्ड, वर्तमान प्रधानमन्त्री लागेको भन्ने आएको छ । यसरी समस्या समाधान हुँदैन । राष्ट्रिय सहमतिले मात्रै समस्याको समाधान हुन्छ ।’

प्रधानमन्त्री केपी ओलीले कामभन्दा गफै बढी दिएको आरोप लगाउँदै नेता गिरिले जनता अल्मल्याउने काम मात्रै भइरहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४