Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद र मन्त्री पद च्वाट भएका चार मन्त्रीलाई पुनर्नियुक्ति गरेर पुनः सपथग्रहणको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 7.6K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा लागेका ४ जना नेताको सांसद र मन्त्री पद च्वाट भएपछि उनीहरुलाई मन्त्री बनाउन पुनः सपथग्रहणको तयारी गरिएको छ ।

प्रतिनिधिसभाको हिजो बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका ४ जना सांसद पदमुक्त भएको जानकारी गराएका थिए ।

माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसद पदवाट हटाउन संघीय संसद् सचिवालयलाई पत्राचार गरेपछि उनीहरु पदमुक्त भएका थिए ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहने निर्णय लिएका ती मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय माओवादी केन्द्रले गरेको थियो । प्रतिनिधिसभा सदस्य पदबाट पदमुक्त भएसँगै चारै जनाको मन्त्री पद पनि गएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था अनुसार सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पदसमेत गएको थियो । यी मन्त्री पदको लोभले माओबादी केन्द्र छाडेर एमाले प्रवेश गरेका यी नेताहरुको अन्तत: सांसद पदसँगै मन्त्री पदसमेत स्वत गएको थियो ।

उनीहरु आज शुक्रबारदेखि पुनः सपथग्रहण नगराई मन्त्रालय नजाने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरु पुनः सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः पदमुक्त हुने भएकाले पुनर्नियुक्ति नहुन्जेल मन्त्रालय नजाने भएका हुन् । पुनः मन्त्री पदमा नियुक्त भएर सपथग्रहण गर्नुपर्ने भएकाले त्यतिञ्जेलमा उनीहरु मन्त्रालय नजाने भएको हो ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइन लागेको हो । ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले उनीहरु ४ जना सो समयसीमासम्म मन्त्री हुन पाउनेछन् ।

माओवादीले गृहमन्त्री रामवहादुर थापाको राष्ट्रियसभा सदस्य पदबाट खारेज गर्ने सूचना दिइ नसकेकाले बादल समेत पदमुक्त भएपछि एकैपटक पुनर्नियुक्ति गर्नेबारे छलफल भइरहेको स्रोत भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४