Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार महासंघको निर्वाचन आज, देशैभर एकसाथ मतदान हुँदै, दुई प्यानलबीच तीब्र प्रतिष्पर्धा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०७७
  • 8.2K
    SHARES

काठमाडौं, । नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गर्न लागिएको हो ।

केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको हो । देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले जानकारी दिनुभयो ।

महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरुसम्म बनेको छ ।

अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि हुने निर्वाचनमा कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ ।

महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।

महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।

प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारका रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकी मैदानमा हुनुहुन्छ ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा रहँदा समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह मैदानमा हुनुहुन्छ । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दा महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दै हुनुहुन्छ ।

नयाँ संरचनाअनुसार सात प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुँदा त्यसबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ भने बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ । एसोसिएट र प्रतिष्ठानहरुको अर्को अलग्गै प्रदेशस्तरको मतदान हुनेछ ।

विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मत दिने व्यवस्था मिलाइएको छ भने मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको संयोजक काफ्ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४