काठमाडौं, / नेकपा एमालेको नेपाल-खनाल समुहले पार्टी सुढृढीकरण अभियान संचालन गर्ने घोषणा गरेको छ । शनिबार कलंकीमा बसेको नेपाल-खनाल समुहको स्थायी कमिटी सदस्यहरुको बैठकले दुई महिनासम्म पार्टी सुढृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो ।
‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान संचालन गर्ने घोषणा भएको एक स्थायी कमिटी सदस्यले बताउनु भयो ।
त्यस्तैगरी बैठमा पार्टीका बिभिन्न संगठनहरुलाई संक्रीय बनाउने आवश्यक परेको खण्डमा पुनर्गठन गर्ने समेत निर्णय भएको बताइएको छ । बैठकमा राष्ट्रिय भेलामा प्रस्तुत गरिएको प्रतिवेद र सुझावहरुलाई समेटेर पुस्तक प्रकाशन गरि प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।
उक्त पुस्तकलाई पार्टीको तल्ले तहसम्मा पठाउने निर्णय भएको बताइएको छ । नेकपा एमालेमा गम्भीर संकट आएको भन्दै उक्त समुहले एमाले एकताका लागि २०७५ जेठ २ लाई आधारमा मानेर ओलीलाई एक हुन आह्वान गर्ने पनि निर्णय गरेको छ । पार्टी सुढृढीकरणका लागि पार्टीका सबै तहका नेताहरुलाई खटाइने छ ।
सर्वोच्च अदालतले नेकपालाई खारेन गरेपछि पूर्वअवस्थामा आएको एमालेमा अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच संघर्ष चलिरहेको छ । प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित ४ नेताहरुलाई पार्टी हित विपरित काम गतिविधि गरेको भन्दै ६ महिना निलम्बनमा गरेको छ ।