Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस मुख्य खेलाडी नै हाेइन– विष्णु रिजाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहका नेता विष्णु रिजालले सरकार परिवर्तनको सन्दर्भमा नेपाली कांग्रेस मुख्य खेलाडी नरहेको टिप्पणी गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जालमा एक स्टाटास लेख्दै उहाँले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपत बाहेक अरु केही नभएको बताउनुभएको छ ।

सत्ताको बल जसपासँग रहेको र जसपा प्रधानमन्त्रीसँग सघन सम्वादमा रहेकाले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसक्ने रिजालको जिकिर छ।

‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने, अनि सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ ?’, रिजालले प्रश्न गरेका छन्।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केपी ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कांग्रेसको यो निर्णयको सराहना गरेका छन् ।

यता, प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर राजीनामा दिने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४