Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनभीए क्लब लिग भलिबल : न्यू डायमण्ड र पुलिस विजयी !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बिहीबार भएको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटनलाई २५–६ २५–२ र २५–५ को सेटमा हराएको हो ।

यस्तै पुरुषतर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सेटमा हराएर पुलिसले सुखद शुरुवात गरेको छ ।

राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको पुलिसले नयाँबजारलाई २५–९, २५–२१ र २५–१६ को सेटमा हरायो । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द तथा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यू डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।

नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा हुनेछ र लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रो हुनेले ७६ हजार र चौथोले ३७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले २५–२५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले १०–१० हजार पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४