Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महन्थ ठाकुर भन्छन् : प्रधानमन्त्रीजीलाई बहुत बहुत धन्यवाद


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 4.8K
    SHARES

 काठमाडौं । सरकार गठनमा दुई धारमा देखिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव मंगलबार एउटै मञ्चमा देखिए, जहाँ प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

तीन नेतालाई एकैठाउँमा उभ्याउने काम रिपोटर्स क्लब नेपालको बार्षिकोत्सवले गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए भने अर्का अध्यक्ष यादवले शंकाभाव प्रकट गरे ।

सुरुमा बोलेका याादवले गणतन्त्र, संघीयता, समावेशीतामाथि ग्रहण लाग्न लागेको आभास हुन थालेको बताए । वाम गठबन्धन एक्लैले झण्डै दुई तिहाई मत ल्याएको र आफूहरुले साथ दिँदा राष्ट्रिय सवालको समाधान हुन्छ, संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन्छ भने लागेको उनले सुनाए ।

मंगलबार मात्र ओली निकट एक नेताले आफूलाई भेटेर प्रक्रिया अगाडि बढेको जानकारी दिएको भन्दै ठाकुरले भने, ‘सकारात्मक रुपमा प्रक्रिया अगाडि बढेको सुनेको छु । म प्रधानमन्त्रीजीलाई बहुत बहुत धन्यवाद दिन चाहन्छु ।’

तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्नू भनेर परिपत्र गरेको, स्थानीय तह र प्रदेशको अधिकार केन्द्रीकृत गरेको यादवले बताए ।

उनीपछि बोलेका अध्यक्ष ठाकुरले भने प्रधानमन्त्री ओलीलाई पटकपटक धन्यवाद दिए । कतिपयले जसपा वा आफ्नो प्रधानमन्त्री ओलीसँग लगन गाँठो बाँधिएको हो भनेर प्रश्न गर्ने गरेको भन्दै उनले भने, ‘जुन दिन उहाँ प्राधनमन्त्री हुनुभएको छ, त्यसैदिनदेखि सरकारमा आउनुस् भन्नुभएको छ ।’

आफूहरुले भने मुद्दा फिर्ता, संविधान संशोधन लगायतका मुद्दामा ध्यान दिनुस् भनेको भन्दै ठाकुरले भने, ‘सांसद जेलमा छन्, मन्त्री र मेयरहरु तारेखमा छन् । यसले हाम्रा हातखुट्टा बाँधिएको छ । यसलाई फुकाउनुस्, त्यसपछि हामी विचार गर्छौं भनेका छौं ।’

मंगलबार मात्र ओली निकट एक नेताले आफूलाई भेटेर प्रक्रिया अगाडि बढेको जानकारी दिएको भन्दै उनले भने, ‘सकारात्मक रुपमा प्रक्रिया अगाडि बढेको सुनेको छु । म प्रधानमन्त्रीजीलाई बहुत बहुत धन्यवाद दिन चाहन्छु ।’

तीन पार्टी (कांग्रेस, माओवादी र जसपा) मिलौं भन्ने नेताहरुले भने पनि कसरी अगाडि बढ्ने भन्न नसकेको उनले बताए । आफ्नो सबैसँग भेट भएको भन्दै ठाकुरले भने, उहाँहरु जहिल्यै हाम्रो साथमा आउनुस्, गरौंला भन्नुहुन्छ । अहिले नै गर्छु भन्ने छैन ।’

शेरबहादुर देउवा र प्रचण्डसँग यसअघि पनि सहमति भएपनि कार्यान्वयन नभएकाले नगदमा चाहिन्छ भनेको उनले सुनाए । जसपा अध्यक्ष ठाकुरले अघि भने, ‘प्रधानमन्त्रीजी यहीँ हुनुहुन्छ । उहाँले आश्वासन दिनुभएको छ, कामकारबाही गराउनुभएको छ । स्वाभाविक छ उहाँसँग हाम्रो भेटघाट भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४