Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्यकर्तालाई मैदानमा उत्रन माधव नेपालको आह्वान, ओलीविरुद्ध देशव्यापी अभियान चलाइने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०७७
  • 3.7K
    SHARES

काठमाडौं, / नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कार्वाही गरेपछि नेता नेपाल आक्रोशित बन्नुभएको छ । आफूहरुलाई छ महिना पार्टी सदस्यबाटै निलम्बित गरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने छ ।’

देशैभरिका कार्यकर्तालाई मैदानमा उत्रन आह्वान गर्दै नेता नेपालले ओली एमालेको अध्यक्ष नै नरहेको भन्दै कारवाही गर्ने कुनै अधिकार नभएको जिकीरसमेत गर्नुभयो । ओलीले आफैंले केन्द्रीय कमिटी भंग गरिसकेकाले कारवाही गर्ने अधिकार नभएको उहाँको तर्क थियो ।

अध्यक्ष ओलीले सोमबार मात्र नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो । ओलीले निलम्बन गरेको पत्र नपाएको भन्दै नेपालले ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गर्नुभयो ।ओलीको यो निर्णयसँगै एमालेभित्र ठूलै पहिरो जाने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४