Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखामा सातौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु:


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ३ २०७५
  • 5.5K
    SHARES

गोरखा–गोरखामा सोमबारबाट सातौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले उद्घाटन गरे ।
गण्डकी गाउँपालिका वडा नं. १ स्थित विजया भवानी मा.वि.मा सुरु भएको प्रतियोगितामा आज भएको खेलमा छात्र तर्फको लङजममा जनशक्ति मा.वि.नामजुङ, लक्ष्मी मा.वि गाईखुर, अन्नपूर्ण मा.वि खोप्लाङ र छात्रातर्फ अन्नपूर्ण मा.वि.खोप्लाङ, भैरवाश्रम मा.वि. फुजेल, रामशाह मा.वि. देउराली क्रमश प्रथम ,द्धितिय र तृतीय  भएका छन् ।
त्यस्तै एकसय मिटर दौडमा  छात्रतर्फ भवानी मा.वि. ठाँटी पोखरी, अकला मा.वि. धुवाँकोट, छात्रातर्फ रामशाह मा.वि. देउराली, अकला मा.वि धुवाँकोट, जीवनज्योति मा.वि. च्याङ्ली क्रमशः प्रथम ,द्धितिय र तृतीय भएका छन् ।
त्यस्तै सटपुटतर्फ छात्रमा भवानी मा.वि. मान्वु, शैलपुत्री मा.वि पाँचखुवादेउराली,  प्रभातकिरण मा.वि.लापु, छात्रा तर्फ लक्ष्मी मा.वि गाईखुर, भवानी मा.वि. मान्वु, जनशक्ति मा.वि. नामजुङ क्रमश प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
१५ सय मिटर दौडतर्फ छात्रामा सुर्योदय मा.वि. घ्याल्चोकका गंगा श्रेष्ठ,  भवानी मा.वि ठाँटी पोखरीका गिता गिरी, अमरज्योति जनता मा.वि.का पार्वती शाह र छात्र तर्फ शैलपुत्री मा.विका अनिल गुरुङ, लक्ष्मी मा.वि.का विनोद नेपाली र तारा मा.वि.का बादल नेपाली क्रमश प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, शहिद लखन गाउँपालिका प्रमुख रमेश थापा मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बसन्त गुरुङ, गण्डकी गाउँपालिका वडा नं. १ का अध्यक्ष गिर बहादुर गुरुङ, विजया भवानी मा.वि.का प्रधानाध्यापक डिल बहादुर गुरुङ लगायत सहभागि भएका थिए ।
प्रतियोगिता तीन दिन सम्म चल्ने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिं बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४