Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पठाओ राइडरले कम्पनीको ज्याकेट र ट्राउजर लगाउन नपाउने !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०७७
  • 6.2K
    SHARES

काठमाडौं / ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकरी दिए । ‘अब बुधबारदेखि पठओ राइडरले पठओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन पाउने छैनन्, लगाए कारबाही हुन्छ,’ प्रवक्ता अधिकारीले भने । पठाओ सञ्चालनमा रोक लगाउने विषय भने सत्य नभएको उनको भनाइ छ ।

राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ नेपालले जनाएको छ । पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याइएको पठोओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । ‘बुधबारबाटै लागु हुनेगरी हामीले राइडर प्रोटेक्टिभ गेयर नलगाउन सूचना पठाएका छौं, यसले अफलाइन यात्रु बोक्ने प्रचलन हट्ने र राइडरको सुरक्षा पनि हुने अपेक्षा छ,’ म्यानेजर हमालले भनिन् । अफलाइन यात्रु बोक्ने प्रचलनले बढ्दा यात्रुको बिमा नहुने र अन्य समस्याहरु बढेर गएको पाइएको पठाओले जनाएको छ ।


हेर्नुहोस् विज्ञप्ति :



                                                                                                                        पठाओ


प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४