Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेका चार नेताले ओली पक्षले सोधेको प्रष्टीकरण नबुझाउने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०७७
  • 4.6K
    SHARES

काठमाडौं,/ नेकपा एमालेमा पार्टी हितविपरित काम गरेको भन्दै अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपालसहितका नेतालाई तीन दिने स्पष्टीकरण सोधे पनि जवाफ भने नपाउने भएका छन् ।

अवैध केन्द्रीय कमिटीलाई स्पष्टीकरण सोध्ने अधिकार नै नभएको भन्दै उनीहरुले जवाफ नदिने भएका हुन् ।

अध्यक्ष ओली पक्षले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई तीन दिनभित्र जवाफ दिन भन्दै सोमबार प्रष्टीकरण सोधेको पत्र पठाएका छन् ।

तर नेपालसहितका नेताले प्रष्टीकरण नदिने प्रष्ट गर्नुभएको हो । साविक एमालेका उपाध्यक्ष रावलले आफूहरु कार्वाही भोग्न तयार रहेको तर स्पष्टीकरण नबुझाउने प्रतिक्रिया दिइसक्नुभएको छ ।

नेपाल पक्षीय नेता योगेश भट्टराईले नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै प्रश्न सोध्नेहरु नै लाखौं प्रश्नको घेरामा रहेको प्रतिक्रिया दिनुभएको छ ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा रहेको उल्लेख गर्नुभएको हो ।

गत चैत्र ७ गते नेपाल पक्ष अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४