Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोत्तम सिमेन्टको शेयर खुल्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 5.7K
    SHARES

काठमाडौं, / शेयर बजारमा एक पछि अर्को सिमेन्ट उद्योगले सर्वसाधारणका लागि शेयर जारी गर्ने क्रम बढेको छ ।

यस क्रममा नेपाली बजारमा छुट्टै पहिचान बनाएको सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता प्राथमिक शेयर निश्कासनको तयारी गरेको छ ।बुधबार एक कार्यक्रम गरी आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।यस्तै एनआइविएल एस क्यापिटल र प्रभु क्यापिटललाई सह बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

पहिलो पटक बुक विल्डिङ प्रणालीबाट आइपीओ जारी गर्न लागेको यस कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाबासीका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा सर्वसाधारणलाई २८ लाख कित्ता गरि ६० लाख कित्ता शेयर जारी गर्ने तयारी गरको हो ।कम्पनीले प्रतिकित्ता शेयरको मूल्य ७ सय ५० रुपैयाँ तोकेको छ ।तर बुक विल्डिङमा सहभागी हुने संस्थागत लगानीकर्ताहरुले बोलकबोलबाट मूल्य गरेपछि मात्रै मूल्य निर्धारण हुने छ ।

संस्थागत लगानीकर्तालाई भन्दा सर्वसाधारणका लागि भने एक सय रुपैयाँ सस्तोमा शेयर जारी गर्नुपर्ने छ ।कम्पनीले आफ्नो चुक्ता पुजीको १५ प्रतिशत बराबरको शेयर जारी गर्न लागेको हो ।सर्वोत्तम सिमेन्टले अहिले ६ सय बढी डिलर मार्फत विक्रि वितरण गर्दै आएको जनाएको छ भने ५ सय बढीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४