एजेन्सी, / इन्स्टाग्राममा किशोरकिशोरीलाई सन्देश पठाउन नियन्त्रण गरिएको छ ।इन्स्टाग्रामले किशोरकिशोरीलाई बढी उमेरका व्यक्तिबाट अनावश्यक सन्देशबाट बचाउन नयाँ सुरक्षा तह थपेको जनाएको छ।
बीबीसीका अनुसार अब १९ वर्षसम्मका किशोरकिशोरीलाई बढी उमेरका व्यक्तिले सन्देश पठाउन ती किशोरकिशोरीले फलो गरेको हुनुपर्छ।
इन्स्टाग्रामको प्रयोगकर्ता बन्न कम्तीमा १३ वर्षको हुनुपर्ने जनाइएको छ ।
इन्स्टाग्रामले किशोरकिशोरीलाई आफूलाई असहज हुने कुरा भए उत्तर नदिए हुने सूचना पनि देखाउने बताइएको छ।