Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियाको बेलबर्नमा कांग्रेसको जनसम्पर्क समितिमा नयाँ नेतृत्व, शर्मा सभापतिमा चयन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 3K
    SHARES

मेलबर्न । अष्ट्रेलियामा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिमा विनितराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

आइतबार मेलबर्नमा सम्पन्न दोस्रो साधारणसभा एवं अधिवेशनले शर्माको सभापतित्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभापतिमा चुनिएका शर्मा यसअघि जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यबाहक सभापति रहिसक्नुभएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा विनोद लामा, सचिवमा दिनेश बञ्जरा, सह–सचिवमा कमल लामिछाने र कोषाध्यक्षमा शोभित प्रधान चयन हुँदा जनसम्पर्क अधिकृत प्रकाश थापालाई तोकिएको छ

यसैगरी, सदस्यमा सविना वाग्ले, पारु कँडेल, किशान कँडेल, सविन धिताल, ज्ञानेन्द्र उप्रेती, प्रकाश चलिसे, नरेश रावल, यज्ञ जोशी, सन्तोष पाण्डे, कोपिला सापकोटा, एकराज बस्नेत, जगनाथ फुयाँल, सुमन्यु थापा, तिलक सापकोटा, अर्जुन खनाल, सन्दीप बोगटी, दीपेन हमाल र नेत्रप्रसाद ज्ञवालीलाई चयन गरिएको छ ।

दुर्गा आचार्य, सोमप्रसाद गुरुङ र देवेन्द्र बस्नेत रहेको तीन सदस्यीय निर्वाचन समितिले गराएको अधिवेशनमार्फत् सात सदस्यीय संरक्षक समिति र आठ सदस्यीय सल्लाहकार समिति पनि चुनिएको छ ।

संरक्षक समितिमा दुर्गा आचार्य, सोमप्रसाद गुरुङ, नारायण काफ्ले, सुरेश पोखरेल, देवेन्द्र बस्नेत आशिष पाण्डे र कमल गैरे चुनिनुभएको छ ।

सल्लाहकार समितिमा गणेश पौडेल, रमेश कार्की, लालप्रसाद कँडेल, बुद्धि सापकोटा, राम कँडेल, हरि भुसाल, प्रकाश आचार्य र गोपाल काफ्ले हुनुहुन्छ ।

अष्ट्रेलियाको बेलबर्नमा कांग्रेसको जनसम्पर्क समितिमा नयाँ नेतृत्व, शर्मा सभापतिमा चयन

अधिवेशनमा न्यू साउथ वेल्सका उपाध्यक्ष प्रदीप पाठक, सोमप्रसाद गुरुङ, दुर्गा आचार्य, नारायण काफ्ले, केशवराज कँडेल, टोन्नु गोथाने, ज्ञानेन्द्र रेग्मी, नन्दु गुरुङ, प्रेम कँडेल, इर्साद अहमद, चिरञ्जीवी देवकोटा, राजेश आचार्य, राम गुरुङ, महादेव धानुक, निराजन गौंलीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४