Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिकेटर धोनीको बौद्ध भिक्षुको नयाँ अवतारको तस्वीर भयो भाइरल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 7.9K
    SHARES

काठमाडौं । टीम इंडियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आईपीएलको १४ औं सिजनको तयारीमा छन् । यसैबिच समाजिक सञ्जालमा उनको एक तस्वीर भाइरल भइरहेको छ ।

धोनी कपाल मुन्डन गरेको र बौद्ध भिक्षुको पहिरिएर एक जंगलमा देखिएका छन् । तस्वीर हेर्दा कुनै विज्ञानपनको जस्तो लागेपनि खास के को हो भन्ने खुलाईएको छैन । स्टार स्पोर्टस्ले आफ्नो अफिशियल टुइटर ह्यान्डलबाट ९ सेकेन्डको प्रोमो सेयर गरेको छ। प्रोमोमा धोनीले भनेका छन् ‘यो अवतारको पछाडी के छ , छिटै पत्ता लाग्नेछ ।’

धोनीको टीम चेन्नई सुपर किंग्स आईपीएल २०२१ को तयारीमा लागि रहेको छ। १४ अप्रिलमा चेन्नेई दिल्ली क्यापिटलविरुद्ध आफ्नो आईपीएल अभियान सुरु गर्नेछ । एमएस धोनीको कप्तानीमा चेन्नई सुपर किंग्स तीन पटक आईपीएल जीतिसकेको छ। तर पछिल्लो आईपीएल सीजन चन्नईको लागि धेरै खराब रहेको थियो ।

पछिल्लो आईपीएलमा सीएसकेले १४ मा मात्र ६ म्याच जीत्न सफल भएको थियो । तर अंकतालिकामा ७ औं नम्बरमा थियो । धोनीले १४ म्याच मा जम्मा २०० रन बनाउन सकेको थिए।

धोनीले १५ अगस्तमा २०२० को अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । भारतको लागि ३५० वनडे, ९८ टी २० इंटरनेशनल र ९० टेष्ट म्याचमा खेलेर १७२६६ रन बनाए । त्यतिबेला उनले १०८ अर्धशतक १६ शतक लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४