Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्सनल र टोटनह्यामको सहज जित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २८ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लीश क्लबहरु आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति भएको पहिलो लेगको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई ३–१ ले हरायो ।

आर्सनलका लागि मार्टीन ओडेगार्ड, ग्याब्रियल र मोहोमद एल्नेनीले एक एक गोल गरे । गएराति नैं भएको अर्को खेलमा टोटनह्याम हट्सपरले चेक गणतन्त्रको डाईनामो जाग्रेबलाई २–० ले हरायो । टोटनह्यामको जितमा दुबै गोल ह्यारी केनले गरे ।

अर्को इंग्लीश क्लब म्यान्चेस्टर युनाईटेड भने गएराति इटालीको एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको छ । युरोपा लिगका अन्य खेलहरुमा इटालीको ए.एस रोमाले युक्रेनको शख्तरलाई ३–० ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई ३–० ले पाखा लगायो ।

यसैगरी स्पेनको भियारियालले युक्रेनको डाईनामो किभलाई २–० ले पराजित गर्दा स्पेनकै ग्रानाडाले स्विडेनको मोल्डेलाई २–० ले पाखा लगायो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४