एजेन्सी,/ राजपरिवारभित्रको जीवन धेरै कठिन रहेको बेलायती राजपरिवारकी सदस्य डचिस अफ ससिक्स मेगन मार्कलले बताएकी छन् ।मेगनले आफ्ना लागि राजपरिवारभित्र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताएकी छन्। बीबीसीका अनुसार व्यक्तिगत कुराहरू खोतलिएको ओप्रा विन्फ्रेसँगको टेलिभिजन अन्तर्वार्तामा मेगनले आफूले सहयोग माग्दा पनि पाइनन् ।
राजकुमार ह्यारीले राजकीय जिम्मेवारीबाट पछि हट्ने निर्णय लिएपछि बुवा राजकुमार चार्ल्सले फोन नै उठाउन छोडेको बताएका छन्।
राजकुमार ह्यारी र मेगनले जातिवाद, मनोस्वास्थ्य, मिडियासँगको उनीहरूको सम्बन्ध र राजपरिवारभित्रको कुराहरूका बारेमा सीबीएस टीभीमा प्रसारण भएको दुई घण्टा लामो अन्तर्वार्तामा बोलेका छन्।
मेगनको गर्भमा रहेको बच्चा छोरी भएको पनि खुलासा गरिएको छ । सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन्।