Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२० वर्षपछि पूरा हुँदै काठमाडौंवासीको सपना, मेलम्चीको पानी काठमाडौं झर्यो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २२ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी २० वर्षपछि पहिलो पटक काठमाडौंमा आइपुगेको छ । वि.सं.२०५६ मा सुरु भएको मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु गरिएको दुई दशकपछि शनिबार पहिलो पटक मेलम्चीको पानी सुन्दरीजलस्थित पानी संकलन केन्द्रमा खसालिएको हो ।

साढे २६ किलोमिटर लामो सुरुङमार्ग हुँदै आएको पानी सुन्दरीजलमा जलप्रवाह गर्ने कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मुहानबाट सुरु हुने सुरुङमा फागुन १० गते पानी पठाइएको थियो ।

सुरुङ भरिएर आएको पानीलाई आज सुन्दरीजलमा खसालिए पनि पहिलो पटकको पानी फोहोर हुने भएकाले बाग्मती नदीमा पठाइएको छ । अहिले परीक्षणका लागि प्रतिसेकेण्ड २६० लिटर पानी मात्रै सुरुङमा हालिएको हो । सबै परीक्षण सम्पन्न भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने छ ।

सुन्दरीजलमा निर्माण गरिएका प्रशोधन केन्द्रमा पानी प्रशोधन गरेपछि मात्रै राजधानीवासीका घर–घरमा पानी वितरण गरिने छ । यद्यपि सुरुङको सफाइ र मर्मतको काम बाँकी रहेकाले घर–घरमा पानी वितरण गर्न भने अझै तीन महिना लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

जलप्रवाह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौंमा आइपुगेको दिन खुशीको दिन भएकाले घर–घरमा दीपावली गर्न आग्रह गर्नुभएको छ । सरकारले विकास र रणनीतिक महत्त्वका ठूला आयोजना अघि बढाएकाले केही आफ्नै पार्टीका मानिसहरू आफूविरुद्ध लागेको उहाँको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४