Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘विप्लव’ काठमाडौं आइपुगे


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 5K
    SHARES

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं आइपुग्नु भएको छ ।

राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले संयुक्त रुपमा सम्बोधन गर्ने विशेष समारोहलाई सम्बोधन गर्न ‘विप्लव’ काठमाडौं आइपुग्नु भएको हो ।

बिहीबार सरकारसँग भएको वार्तामा विप्लव समूह र सरकारबीच तीन बुँदे सहमत्ति भएको थियो ।

सहमत्तिका केही बुँदाहरु हिजै सार्वजनिक गरिएपनि ओली र विप्लवले संयुक्त रुपमा विस्तृत विवरण आज सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवले तीन बुँदे सहमति पत्रमा समेत हस्ताक्षर गर्नेछन् ।

सो सहमतिलाई हिजै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ ।

संसदवादी दलहरुबाट जनक्रान्ति सफल नहुने भन्दै छुट्टै पार्टी गठन गरी आफ्ना गतिविधि सुरु गरेको यो समुहले हत्या, हिंसालाई अंगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४