Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डाइटिङको साइड इफेक्ट, शरीरले दिन्छ यस्तो संकेत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 3.6K
    SHARES

शरीरले यस्तो संकेत दिन्छ, जब अहिले धेरैलाई मोटोपनको समस्या छ । मोटोपन कसरी नियन्त्रण गर्ने ? यसमा धेरैले अपनाउने विकल्प हो, डाइटिङ । अर्थात उपवास । मोटोपन बढ्नुमा खाना नै जिम्मेवार छ र खानामा कटौती गरेपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने आम बुझाई छ । भलै कतिपय चिकित्सकले यसलाई सही मानिरहेका छैनन् ।

यद्यपि खानामा कटौती गर्ने वा छाक नै छाड्ने क्रम भने उस्तै छ । मोटोपनले गाँज्न थालेपछि अधिकांशले खाना छाड्ने गरेका छन् । जबकी खाना छाड्दैमा मोटोपन नियन्त्रण हुने भन्दा पनि यसले अरु स्वास्थ्य समस्या निम्त्याउने खतरा रहेको चिकित्सकहरुको भनाई छ ।

खासगरी खाना कम खान थालेपछि वा खाना नै छाडेपछि सबैभन्दा पहिले त शरीरलाई आवश्यक पोषणको अभाव हुन थाल्छ । शरीरमा पोषक तत्वको कमी भएपछि कमजोरी महसुष हुन्छ । पेटको दुखाई हुन्छ । महिलामा मासिक स्राव रोकिने वा अनियमित हुने समस्या हुन्छ ।

खाना छाडेपछि शरीरले केही त्यस्ता संकेत दिन्छ, जुन गलत डाइटिङको कारण हुँदैछ ।

एसिडिटी

डाइटिङका क्रममा मान्छेले खाना छाड्छन् वा कम्ती खाने गर्छन् । यसले गर्दा पेटमा ग्याष्ट्रिक हुने वा पेट दुख्ने समस्या सुरु हुन्छ । यसले के संकेत गर्छ भने, तपाईंको शरीरलाई सही मात्रामा खाना पुगिरहेको छैन ।

बेचैनी

डाइटिङ गरिरहँदा हामीलाई भोक अनुभव पनि हुन्छ । खानेकुराको तलतल लागिरहन्छ । यसले गर्दा हामीमा एक किसिमको वेचैनी हुन्छ ।

एकै पटकमा धेरै खाने

डाइटिङ गर्नेहरुले अक्सर के गल्ती गर्छन् भने लामो समय भोकै रहन्छन् । जब खाना खान्छन्, तब आवश्यक्ताभन्दा निकै बढी खाइदिन्छन् । एकै पटकमा धेरै खाना खाइदिन्छन् । यसले मोटोपन नियन्त्रण हुने भन्दा पनि बढ्ने जोखिम हुन्छ ।

पोषक तत्वको कमी

डाइटिङ गर्नु भनेको खाना छाड्नु होइन । बरु, सन्तुलित र उचित मात्रामा खानु हो । जब डाइटिङको चक्करमा खाना छाड्छौं, शरीरमा आवश्यक पोषक तत्व कमी हुन्छ । आफ्नो शारीरिक गतिविधि अनुसार पनि उचित मात्रामा खाना खानुपर्ने हुन्छ । खानाको मात्रा कम भएमा मोटोपन नियन्त्रण हुने भन्दा पनि शरीर रोगी हुन्छ ।

अनियमित मासिक स्राव

डाइटिङको क्रममा शरीरको मेटाबोलिज्म कम हुन्छ, जसले शरीरमा हर्मोन परिवर्तन हुन्छ । यसले महिलामा अनियमित मासिक स्रावको समस्या बढ्छ । यदि यस्तो संकेत देखिएमा डाइटिङ बन्द गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४